चट्याङ लागेर ६ जना गम्भीर घाइते - Butwal Online
चट्याङ लागेर ६ जना गम्भीर घाइते

प्युठान, २० भदौ । जिल्लाको झिमरुक गाउँपालिकामा चट्याङ लागेर ६ जना गम्भीर घाइते भएका छन् ।



झिमरुक गाउँपालिका वडा नम्बर ८ लिवाङमा बिहीबार साँझ परेको चट्याङ लागेर ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानाएको छ ।

७० वर्षीया चुमा गिरी, ४० वर्षीया निमा गिरी, ४५ वर्षीया सिता भट्टराई, २५ वर्षीया जवुना भट्टराई र ५७ वर्षीय यमबहादुर महतरा घाइते भएका छन् ।

घाइतेमध्ये चुमा गिरीको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरुको तुषारा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार