गाई हत्या सम्बन्धि गन्दर्भ गित सार्वजनिक (भिडियो सहित) - Butwal Online

नेपालगन्ज, २० भदौ । गत हप्ता नेपालगन्जको कान्जी हाउसबाट लगिएका गाईहरुको सुर्खेतमा भएको हत्या सम्बन्धि मार्मीक “गन्दर्भ गीत“ सार्वजनिक भएको छ ।



गाईहरुको हत्या सम्बन्धि विषय वस्तु समेटिएको गीतमा निरुता गैरे “पाल्पाली“को शब्द तथा स्वर रहेको छ । गन्दर्भ लयमा तयार भएको उक्त गीतको अडियो रेडियो सद्भावको रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको शब्द निकै मर्मस्पर्शी छन । गीतको अडियो सुन्दा जो कोहीको मन भावुक हुन्छ । गीतको शब्द अनुसार भिडियो पनि उत्तिकै सशक्त छ । कोहलपुरको पिपल चौरहामा छायांकन गरिएको भिडियोलाई खगेन्द्र दाहालले निर्देशन गरेका हुन ।

भिडियोमा गायिका निरुता गैरे, सारङ्गी बाधक दिलबहादुर र प्रेमबहादुर गन्दर्भले अभिनय गरेका छन । गीतको भिडियोमा तिलक गाहा मगरको छायांकन तथा सम्पादन रहेको छ । गीतको भिडियो शुक्रबार “हामी सबैको नेपाल“ युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायिका निरुता गैरेले राष्ट्रिय जनावर जस्तो “गाई“को हत्या भएको घटनाले आफ्नो मन भावुक भएको बताइन् । गायिका गैरेले यस भन्दा अगाडि दर्जनौं लो तथा दोहोरी गीतहरुमा आवाज दिइसकेकि छिन ।

 भिडियो हेर्नुहोस 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार