अन्तर विद्यालय स्तरिय भलिवल प्रतियोगिता सुरु - Butwal Online
अन्तर विद्यालय स्तरिय भलिवल प्रतियोगिता सुरु

बुटवल, २० भदौ । मणिमुकुन्द भलिवल क्वलको आयोजनामा छैठौ मणिमुकुन्द कप अन्तर विद्यालय स्तरिय छात्र छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ ।



तिलोत्तमा २ स्थित मणिमुकुन्द भलिवल क्वलको प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा पहिलो दिन ७ वटा टिमले प्रतिस्पर्धा गरेका छन् । जसमा न्यु लाईटलाई २–० ले हराउँदै डन चिल्डेन अर्को चरणमा प््रबेश गरेको छ । त्यसैगरी देवदहलाई नवज्योतिले, सेन्ट जोसेवलाई सिद्धार्थले, तिाउलाई न्यूहोराईनले र मनास्लु बोडिङलाई न्यू लुम्बिनी बोडिङले २–० को सोझो सेटले पराजित गरे ।

त्यसैगरी सगरमाथा बुडिङलाई २–१ ले हराउँदै शान्ती नमुना अर्को चरणमा प्रबेश गरेको छ । प्रतियोगितामा बाई पाएको दिप बोडिङ र लिटिल प्याराडाईज भलवारी सिधै क्वाटरफाईनलमा प्रबेश गरेका छन् । प्रतियोगिताको एक कार्यक्रमका बीच क्वलका बरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्रीले उद्घाटन गरेका थिए ।

१ लाख ५० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने छात्र÷छात्राले नगद १२ हजार ५ सय द्धितियले नगद ७ हजार र तृतियले नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विद्यालय स्तर बाटै भलिवल खेलाडि उत्पादन गर्ने उद्देश्यले क्वलले प्रत्येक बर्ष अन्तरविद्यालय भलिवल प्रतियोगिता गर्दै आएको क्वलका अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा छात्रा १६ र छात्र २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता भदौ २३ गते सम्म चल्नेछ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार