पाल्पा ट्राफिक प्रहरीको चाडपर्व लक्षित सचेतना कार्यक्रम सुरु - Butwal Online

सुनिल कार्की

पाल्पा,२०भाद्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले चाडपर्वलाई मध्य नजर गरि दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको छ ।



बढ्दो सवारि दुर्घटनालाई रोकथाम गर्न जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाले सडकमै सवारि साधनका चालक एवं यात्रुलाई दुर्घटना हुन सक्ने सम्भावित कारण,रोक्न सकिने उपाय लगायतको विषयमा अनुशिक्षण दिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो समय सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पाल्पा सडक खण्ड र यससँग जोडिएको भित्र सडक खण्डमा दुर्घटना बढेको भन्दै ट्राफिक सचेतनाको कार्यक्रम सञ्चालन गरेको प्रभास प्रहरी चौकिका ट्राफिक प्रहरी जवान विक्रम थापाले जानकारी दिए ।

बढी दुर्घटना हुने तानसेन–बाँसटारी,भडेवा–माथागढी भित्री सडक खण्डमा चल्ने सवारि साधनलाई लक्षित गरि ‘ठाउँको ठाउँ’ ट्राफिक सचेतनाका कार्यक्रमलाई तिव्र पारिएको छ ।

ट्राफिक सचेतना कार्यक्रममा सवारि चालकका साथै,सहचालक,यात्रु र गाडी धनिलाई समेत दुर्घटना कम कसरी गर्न सकिन्छ भनेर प्रशिक्षण दिएको थियो ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार