धुर्कोट गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान - Butwal Online

हुमाकान्त पोखरेल
गुल्मी, २० भदौ । धुर्कोट गाउँपालिकाका दुई स्वास्थ्य सँस्थामा नयाँ एम्बुलेन्स प्रदान गरिएको छ । धुर्कोट प्रथामिक स्वास्थ्य केन्द्र र हाडहाडे स्वास्थ्य केन्द्रमा नयाँ एम्बुलेन्स प्रदान गरिएको छ ।



भने प्राथमिक स्वास्थ्य केन्द्रमा हाल प्रयोगमा आइरहेको एम्बुलेन्स वाग्ला स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले एम्बुलेन्स हस्तान्तरण गरे ।

संघिय सरकारको विशेष अनुदान रकमबाट दुई नयाँ एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।

दुई एम्बुलेन्सको मुल्य २५ लाख छ । आमासुरक्षा कार्यक्रमअन्तरगत गाउँपालिकाभित्र सुत्केरी हुने महिलालाई सवास्थ्य केन्द्रसम्म लैजाने मुख्य उदेश्यका साथ एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

यो सँगै धुर्कोट गाउँपालिकाका ६ स्वास्थ्य सँस्थामा एम्बुलेन्स सेवा पुगेको छ । वडा नम्बर ४ जैसिथोकबाहेक अन्य सबै वडाका स्वास्थ्य सँस्थामा एम्बुलेन्स उपलब्ध भएको गाउँपालिकाले जनाएको छ ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार