१३औं राष्ट्रिय दिवसको अवसरमा आफन्त नेपाल सम्मानित - Butwal Online
१३औं राष्ट्रिय दिवसको अवसरमा आफन्त नेपाल सम्मानित

प्रिंस मिश्रा
कपिलवस्तु, २० भदौ ।मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय द्धारा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ अौं राष्ट्रिय दिवस भाद्र २० को सन्दर्भमा आयोजित कार्यक्रम मार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उत्कृष्ट कार्य गरेवापत मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १२ वर्षदेखि कार्यरत संस्था आफन्त नेपाल (KIN NEPAL)पुरस्कृत भएको छ ।



महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा आयोजित मूल समारोह कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापाको अध्यक्षता तथा गृह मन्त्रालयका माननीय मन्त्री राम बहादुर थापा बादलको प्रमुख अातिथ्यतामा उक्त कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थागत कार्य मुल्याङ्कनको आधारमा प्रदान गरिएको उक्त सम्मानले आफ्नो संस्थालाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्न हौसला मिलेको र संस्था अझ जिम्मेवार रुपमा अघि बढ्ने प्रतिवद्धता संस्थाका निर्देशक इन्द्रराज भट्टराईले बताए ।

संस्थाले भारत सीमा झापादेखि महेन्द्रनगरसम्मका विभिन्न नाकाहरुमा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने तथा उद्धार गरिएका महिला तथा बालबालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा सहयोग गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

हरेक वर्ष सयौंको संख्यामा महिला तथा बालिकाको उद्धार गरिरहेको यस संस्थाले विभिन्न मुलुक लगायत भारतको विभिन्न स्थानहरुबाट समेत महिला तथा बालिकाको उद्धार गरी घरफिर्ती तथा समुदायमा पुनर्मिलन गराउँदै आइरहेको छ ।

यस संस्थाले आ.व ०७५/७६ मा विभिन्न सीमानाकाबाट ९८१ को उद्धार, पुनस्र्थापना र पुनर्एकीकरण र भारतबाट १२० महिला र १७ बालक तथा कुवेतबाट १ महिलाको उद्धार र स्वदेशफिर्ती गराई परिवारमा पुनर्मिलन गराएको आफन्त नेपाल कपिलवस्तुका प्रमुख केशर विश्वकर्माले जानकारी दिए l

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार