नवलपरासीका पत्रकार यादवमाथी दुर्व्यवहार - Butwal Online
नवलपरासीका पत्रकार यादवमाथी दुर्व्यवहार
  • युनियनद्वारा कारवाहीको माग
  • सहबान अन्सारी
    नवलपरासी, २१ भदौ । नवलपरासीमा नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासीका सदस्य एवम् प्रदेश पार्षद पत्रकार रबिन्द्र यादव माथि भएको दुर्व्यवहारको घटना प्रति आपत्ती जनाएको छ ।



    शुक्रवार साझ सवा ६ बजेको समयमा प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने बद्री यादव सहित ४ जनाको समुहमा आएर पत्रकार यादवलाई लक्षित गरी गाली गलौज तथा दुर्व्यवहार गरेको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

    साथै उक्त घटनामा सलग्न सबै दोषीलाई तत्काल कारवाहीको लागी प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेको छ । नेपाल पत्रकार महासंघ नवलपरासी सदस्य, नेपाल फोटो पत्रकार महासंघ प्रदेश सदस्य,खेलकुद मंचका कोषाध्यक्ष र नेपाल पर्यटन पत्रकार संघका सदस्य समेत रहनु भएका यादवले आफु माथी सुनियोजित घटना भएको बताए ।

    झुलनीपुर जिल्ला महराजगंज (भारत) बस्ने बृजेश राजभरले आफ्नो छोरी निशा राजभरलाई सेमरीबाट औषधी गराई घर फर्कने क्रममा बद्रि यादवले राजभरलाई कुटपिट गरेको र त्यस बिषयमा निजलाई फोन गरेर सोध्दा गाँउमै आएर दुर्व्यवहार गरेको यादवले बताए ।

    सहबान अन्सारी

    सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार