युवाहरुद्वारा मौलाकालिका मन्दिर परिसरमा सरसफाई - Butwal Online
युवाहरुद्वारा मौलाकालिका मन्दिर परिसरमा सरसफाई

कावासोती, २१ भदौ । सरसफाई अभियान्ता युवाहरुले नवलपुरको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर परिसरमा सरसफाई गरेका छन् ।



उनिहरुले बिश्व सरसफाई दिवसको अवसरमा सरसफाई गरेका हुन् । यस अघि उनिहरुले देशका विभिन्न स्थानहरुमा सरसफाई अभियान संचालन गर्दै आईरहेका थिए । बिश्व सरसफाई दिवसका नेपाल लिडर एल.एन दवाडीको नेत्तृवमा सो अभियान सम्पन्न भएको हो ।

आफुहरुले सफाई संगै आन्तरिक तथा बाहृय पर्यटन भित्राउन त्यस ठाउँको प्रचार प्रसारमा समेत आफुहरु लागेको लिडर दवाडीले बताए । समाज सफा र सुन्दर बनाउने अभियानमा आफुहरु लागेको र सोही अभियान अन्तर्गत सर सफाई कार्यक्रम गर्दै आयको अर्का युवा अभियान्ता सुमन लम्सालले बताए ।

अभियानमा स्थानिय तथा बाहृय गरि दर्जनौ संख्यामा युवाहरु सहभागी भएका थिए । कार्यक्रममा अभियन्ताहरु सन्जु खनाल, कुशल लामिछाने, कल्पना सिग्देल, राधा पराजुली, अन्जु ठकुरी, पुजा खतिवडा, मदन सुवेदी लगायतका अभियान्ताहरु कार्यक्रममा सहभागी रहेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार