नगरपालिकाका इलेक्ट्रीसीयनको करेन्ट लागेर मृत्यु - Butwal Online

नगरपालिका कार्यालय र सवै वडा कार्यालयहरुमा एक दिन शोक विदा हुने

प्रिंस मिश्रा
कपिलवस्तु, २१ भदौ । करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमन प्रसाद कान्दुको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत पोलमा बल्ब फेर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।



विद्युतको मेन लाईनको तारमा छोईएर हातमा करेन्ट लागे पछि करेन्टको झड्काले कान्दु जमिनमा खसी घाईते भएका थिए । घाईते कान्दुको उपचारको क्रममा शुक्रवार राती चितवन स्थित पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।

५२ वर्षीय मृतक कान्दुको निधन प्रति कपिलवस्तु नगरपालिकाले गहिरो दुख व्यक्त गरेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी देवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्य लगायतले मृत आत्माको चीर शान्तिको लागि कामना गरेका छन् ।

मृतक कान्दुको शव चितवनबाट तौलिहवा तर्फ ल्याउने तयारी भएको उनले बताए । कानुनी प्रक्रिया पुरा गरी शव परिवारजनलाई बुझाईने प्रहरीले जनाएको छ । स्वर्गीय कान्दुको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै कपिलवस्तु नगरपालिकाको कार्यालय र सवै वडा कार्यालयहरुमा एक दिन शोक विदाको घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्यले बताए । मृतक कान्दुकी १ श्रीमती र ४ जना छोरी रहेका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार