गुराँस हस्पिटलमा प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार - Butwal Online

बुटवल, २१ भदौ । रुपन्देहीको बुटवलस्थित ढवाहमा सञ्चालित गुरांस अस्पतालले प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गराउंदै आएको छ ।



एक वर्ष अघिदेखि सञ्चालित अस्पतालले काठमाण्डौ बाहिर पहिलो पटक शरिर वजन चालचलन मेशीनबाट स्वाथ्यसेवा प्रारम्भ गरेको छ । विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा नयां मेशीनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको अस्पतालका अध्यक्ष सरस्वती भुसाल पन्थीले जानकारी गराइन ।

प्राकृतिक चिकित्सा पद्वतिमा बुटवलबाट पहिलो पटक सेवा शुभारम्भ गरिएको मेशीनको वयोवृद्व ९३ वर्षिय मोतिकला कार्मीले उद्घाटन गरेकी हुन् । दैनिक ४० देखि ५० जना विरामकिो उपचार गर्दै आएको अस्पतालले एक वर्षको अवधीमा ३१७४ जनालाई बहिरंग सेवा र १२६९ जनालाई अन्तरंग सेवा गरिएको अस्पतालका निर्देशक डाक्टर नारायण भुसालले जानकारी गराए ।

 

शनिबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक नारायण भुसालले विश्व फिजियोथेरापी दिवस सेप्टेम्बर ८ को अबसरमा १ सय २ जनाको निःशुल्क उपचार गरिएको बताए । अस्पतालमा आएका ८० प्रतिशत विरामीहरुलाई निको बनाएर पठाइएको डाक्टर सुजन कण्डेलले बताएका छन् ।

अस्पताले अर्गानिक तरकारी तथा फलफुल उत्पादनका लागि अर्घंखांचीको सितगंगा नगरपालिका वडा नम्बर २ नगरपालिका शूवर्णखालमा १ सय ७८ रोपनी जग्गा खरिद गरेको छ । विरामीहरुलाई अर्गानिक तरकारी र फलफुल खुवाउनका लागि तरकारी तथा फलफुल उत्पादनमा लागिएको कार्यकारी निर्देशक भुसालले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार