एकीकृत ग्रामीण विकास समाजको साधारण सभा सम्पन्न - Butwal Online
एकीकृत ग्रामीण विकास समाजको साधारण सभा सम्पन्न

हुमाकान्त पोखरेल
गुल्मी, २१ भदौ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको २५ औँ साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक बर्ष २०७५÷७६ को सँस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।



संस्थाले महिला र २ वर्ष मुनिका बालबालिकाहरु तथा किशोरीहरुको पोषणको अवस्थामा सुधार ल्याउने लक्ष्य लिएको छ । जसअन्तरगत तथ्यांक संकलन, हजार दिने आमाको घर पहिचान र पोषण सम्बन्धी परामर्श, ९९१ स्थानका स्वास्थ्य आमा समूहको बैठकमा ६ महिनादेखि २४ महिनाभित्रका बच्चाका आमाहरुलाइ प्रत्यक्ष सहभागी गराइ स्थानिय स्तरमा पोषिला खानेकुरा तयारी सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

एक हजार ३९५ जना हजार दिने आमालाई उचित परामर्श दिएको, १८८ वटा स्वास्थ्य आमा समूहमा सरसफाइसम्बन्धी कार्यक्रम गरिएको, रेसुगां नगरपालिका ६ लाइ पुर्ण सरसफाइउन्मुख वडा घोषणा गर्न प्राविधिक सहयोग गरिएको लगायतका काम गरेको जनाएको छ ।

त्यस्तै जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु र ९७२ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ २ दिने मातृशिशु तथा बाल्यकालिन पोषण सम्बन्धी तालिम प्रदान गरिएको तथा ५ जना ग्रामीण नमुना कृषकलाइ १० दिने आयमुलक तरकारी तालिम र ३ जनालाइ आयमुलक कुखुरापालन सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए ।

यस कार्यको फलस्वरुप ८४ वटा स्वास्थ्य आमा समुहको बैठकमा नयाँ हजार दिने महिलाहरुलाई आबद्ध गराई स्वास्थ्य र पोषण सम्बन्धी छलफल हुने गरेको छ ।

त्यस्तै सँस्थाले पारस्पारिक जवाफदेहिता कार्यक्रम पनि संचालन गर्दै आएको छ । जसबाट भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलतालाई प्रवद्र्धन गर्न सहयोग पुगेको संस्थाका अध्यक्ष हिरा ए.सी. ले जानकारी दिए ।

एकीकृत ग्रामीण विकास समाजकै मातहतमा रहने गरी पशुवस्तुहरुको मूल्य श्रृंखलामा आधारित साना किसानहरुको सवलीकरण संस्था पनि संचालन गरिएको छ ।

यो परियोजना इस्मा, धुर्कोट र मालिका गाउँपालिका तथा रेसुंगा नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित छ । यसबाट सहकारी गठन गरी विभिन्न स्थानीय उपभोक्ताहरु विभिन्न आयमुलक काममा लागेका छन् ।

जसअन्तरगत १७ हजार ४३६ किलो जिउँदो तौलका ५७६ खसीबोका बिक्रि गरी कृषकहरुले ६५ लाख ३८ हजार पाचँ सय आम्दानी गरेका संस्थाका कार्यक्रम संयोजक भरत भण्डारीले जानकारी दिए । अहिलेसम्म ४ वटा सहकारीको क्षमता विकास भई बिउ, मल, दानाको कारोबार सुरु गरेको पनि भण्डारीले जानकारी दिए ।

परियोजना लागु भएदेखि ७५%.खोर सुधार भएको, तीन हजार २१५ माउ बाख्राको संख्या बढेको, तौलेर खसीबोका बेच्ने काममा सहकारीले सफलता पाएको, तथा मासिक लक्ष्य निर्धारण गरी खसीबोकाको खरीद बिक्री गरी कृषक र सहकारीको आम्दानिमा वृद्घि भएको जनाइएको छ ।
साधारण सभाकै अवसर पारेर संस्थाको गत आर्थिक बर्षको आयव्यय तथा यस आर्थिक बर्षको अनुमानित आयव्यय पनि प्रस्तुत गरिएको थियो ।

कोषाध्यक्ष तुल्सिराम काउछाले गत आ.व.को दुई करोड ६८ लाख दुई हजार ७६६ रुपैँया ५५ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए । जसअन्तरगत सुआहारा –२ परियोजना अन्तरगत एक करोड ६७ लाख ५७ हजार २६६, पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगत ३९ लाख ४४ हजार ८२५, एस्.एल्.भि.सि. –२ परियोजनाबाट २८ लाख ५८ हजार ४०१ आयव्यय रहेको छ ।

जेष्ठ नागरिक दिव सेवा कार्यक्रमअन्तरगत तीन लाख ८० हजार, स्वास्थ्य सँस्था सामाजिक परिक्षणबाट तीन लाख ९४ हजार लगायतका शिर्षकमा आयव्यय उल्लेख गरिएको छ ।

संस्थाले यो आर्थिक बर्षको लागि तीन करोड ५९ लाख ५० हजार बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेको कोषाध्यक्ष काउछाले जानकारी दिए । कार्यक्रमकै अवसर पारेर सामाजिक क्षेत्रका सक्रिय भई काम गर्ने दुईजना, उत्कृष्ठ उद्यमी तीन जना संस्थाका विभिन्न पदका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार