पहिलो पाइलाको आयोजनमा रैनादेविमा रक्तदान - Butwal Online
पहिलो पाइलाको आयोजनमा रैनादेविमा रक्तदान

सुनिल कार्की

पाल्पा,भाद्र २१ । पहिलो पाइला नेपाल पाल्पा शाखाले आफनो प्रथम स्थापना दिवसको अवसरमा रैनादेवी गाउँपालिका ४ अमलावासमा बृहत रक्तदान कार्यक्रम गरेको छ ।



रक्तदान जिवन दान भन्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमूख अतिथि गाउँपालीका अध्यक्ष राम बं कार्कीले पहिलो पाइला नेपालको स्थापना दिवसकोे अवसरमा गरेको रक्तदान कार्यक्रको प्रशसा गदै रक्तदान भनेको जीवन दान भएकोले रक्तदान गर्नु भनेको मानव जीवनको ठूलो धर्म भएको बताए ।

त्यस्तै सस्थाका केन्द्रिय सदस्य सुरेश रायमाझीले पहिलो पाइला नेपालले विभिन्न शैक्षिक सुधार गर्न झोला वितरण तथा शैक्षिक समागी्र वितरण ,अङ्गता भएकाहरुलाई खाद्यन्न हस्तान्तरण जस्ता धेरै कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई अझ प्रभावकारीका साथ अगाडी बढाउने बताए ।

कार्यक्रमका संयोजक माधव भण्डारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिर्दै रगतको कारण कसैको पनि मृत्यु नहोस भनेर रक्तदान कार्यक्रम गरेको बताए ।

कार्यक्रम पाल्पा शाखाका अध्यक्ष इश्वर ज्ञवालीको अध्यक्षतामा तथा नेकपाका टिकाराम पोखरेल तथा अन्य समाजसेवीको सहभागिता थियो ।

कार्यक्रम सस्थाकी उपाध्यक्ष अस्मिता जि सीको स्वागत ,सचिव दिपक पाण्डेको सञ्चालनमा भएको थियो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रम लम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । पहिलो पाइला नेपालले स्थापना काल देखी नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार