बाईपास क्षेत्रको कालोपत्रे गर्न बाँकी बाटोको स्थलगत अवलोकन - Butwal Online

सुनिल कार्की

पाल्पा,भाद्र २१ । होलाङदी–ढुङगाखानि बाईपास सडक खण्डको कालोपत्रे गर्न बाँकी रहेको बाटोको स्थलगत निरिक्षिण गरिएको छ ।



बर्षयाममा हिलाम्मे र हिउँदमा धुलोको समस्या भोग्न बाध्य बाईपास क्षेत्रका जनता कालेपत्रे हुन बाँकी रहेको बाटोको प्रविधिकको टोलि र संघिय सांसद सहित जनप्रतिनिधिको टोलिले अवलोकन गरेसँगै यस वर्ष भित्रै कालोपत्रे हुनेमा आसावादी बनेका छन ।

शनिबार संघिय सांसद सोमप्रसाद पाण्डे,प्रदेश ५ का सांसद नारायण आचार्य,प्रदेश ५ भौतिक पुर्वधार मन्त्रालयका प्रमुख ईन्जिीनियर भिर्माजुन पाण्डे,प्रेम बस्याल,वडाअध्यक्ष राम बहादुर रावल,वडा सदस्य विष्णु बहादुर कार्की लगायतको टोलीले स्थलगत अवलोकन गरेको हो ।

बाईसाप क्षेत्रको ३ दशमलब ३ किलोमिटर बाटो कच्ची रहेको छ । तानसेन बजार भएर आवतजावत गर्ने सवारि साधनको वैकल्पीक सडकको रुपमा रहेको बाईपास क्षेत्रको बाँकी बाटो कालोपत्रे नहुँदा स्थानिले बर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या भोग्नु परेको छ ।

प्रदेश ५ सरकारले यस आथिर्क वर्षको दशै तिहार लगतै टेन्डर आवहन गरि तत्कालै काम गर्ने योजनामा रहेको वडा अधयक्ष राम बहादुर रावलले बताउनुभयो । बर्षोदेखि अलपत्र रहेको बाटोको संघिय सांसद देखि प्रदेश संसदले अवलोकन गरेसँगै स्थानियमा खुसियाली छाएको छ ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार