कपिलबस्तुमा उपनिर्बाचनको चहलपहल - Butwal Online
कपिलबस्तुमा उपनिर्बाचनको चहलपहल

प्रिंस मिश्रा,

कपिलवस्तु, २१ भदौ । आगामी मंसिर १४ गते कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १० मा वडाअध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ।




शिवराज नगरपालिका वडा नं. १० की वडा अध्यक्ष शकुन्तला भारतीको क्यान्सरबाट निधन भएपछि वडाध्यक्षको पद रिक्त भएको थियो। उनले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचन जितेका थिइन्।

भारती ३ सय १९ मत पाएर विजयी भएकी थिइन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिरथ बहादुर रायमाझीले २ सय ३० मत पाएका थिए। उक्त वडामा अध्यक्षका लागि ११ जनाबीच प्रतिस्पर्धा भएको थियो।

१ हजार ९ सय ६५ मतदाता रहेको सो वडामा गत निर्बाचनमा १ हजार ३ सय ४१ मत खसेको थियो। संघ प्रदेश र स्थानिय चुनावपछि सो वडामा २२८ नयाँ मतदाता थपिएको निमित्त निर्वाचन अधिकृत अनिता क्षेत्रीले जानकारी दिइन्।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार