सञ्जालमा पत्रकारविरुद्ध अर्नगल प्रचार गर्नेविरुद्ध कारवाही गरिने - Butwal Online

हुमाकान्त पोखरेल
गुल्मी,२२ भदौ । प्रेस संगठन नेपाल जिल्ला शाखा गुल्मीले प्रेस विज्ञप्ती जारी गरेको छ । नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरुद्धारा रेसुगां नगरपालिकामा लगाइएको ताला प्रहरीले तोड्ने क्रममा समाचार संकलन गर्न गएका पत्रकारमाथि हातपात गरेको समाचारको सम्बन्धमा काङ्ग्रेसका कार्यक्रताहरुले सामाजिक संजालमा देखाएको हर्कतका सम्बन्धमा संगठनले विज्ञप्ती जारी गरेको हो ।

                                                                                             फाइल तस्विर



संगठनका अध्यक्षद्धय दधिराम खनाल र शिवलाल सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा काङ्ग्रेसका केहि कार्यक्रताहरुले पत्रकारको अपमान हुनेगरी सामाजिक सञ्जालमा विभिन्न विषयवस्तु सार्वजनिक गरेकोमा संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । नेपाली काङ्ग्रेसका जनप्रतिनिधिले भदौ १८ गते रेसुगां नगरपालिकामा ताला लगाएका थिए ।

अर्को दिन ताला खोल्ने क्रममा रिर्पोटिङ गर्न पुगेका पत्रकार महासंघका उपाध्यक्ष उपाध्यक्ष तथा प्रेस संगठनका सदस्य अनिल खत्री, कार्यसमिति सदस्य तथा संगठनका सदस्य तिलाचन पाण्डे र रेसुङ्गा टेलिभिजनमा कार्यरत प्रेस संगठनका सदस्य अजय सुनारमाथि काङ्ग्रेस जनप्रतिनिधिले हातपात गरेका थिए ।

‘जनताबाट निर्वाचित वडाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिले आन्दोलनका नाममा नागरिक सेवा बन्द गर्ने, कर्मचारी र प्रहरीलाई समेत अभद्र व्यवहार गर्ने, पत्रकारलाई सत्य, तथ्य समाचार संकलनमा रोक लगाउने कार्य निन्दनिय छ ।’ विज्ञप्तीमा भनिएको छ ।

त्यसका साथै महेन्द्र नमुना माध्यमिक विद्यालयको वास्तविक स्थिति पत्रकारहरुले आम नागरिकमाझ सार्वजनिक गरिरहेका तर आन्दोलनको नाममा दुव्र्यवहार बिर्सेर उल्टै सामाजिक संमाजिक संजालमा वामपन्थी पत्रकारलाई अविश्वास सृजना गराउने गलत प्रयास काङ्ग्रेसले गरिरहेकोले त्यस्तो कार्य निन्दनिय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस संगठनले पत्रकारहरुलाई सामाजिक संजालमा व्यक्तिगत तथा पार्टीगत लाञ्छना लुकाउदै सत्य लुकाउने र संगठनका पत्रकारहरुलाई अपशब्द प्रयोग गर्ने बिरुद्ध विद्युतिय अपराध ऐन अन्तरगत मुद्धा दर्ता गराउने समेत जानकारी गराएको छ ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार