ट्रकमा बिजुल सट भई आग्लागी –हेर्नुहोस ४ तस्बीरमा - Butwal Online
ट्रकमा बिजुल सट भई आग्लागी –हेर्नुहोस ४ तस्बीरमा

सुनिल कार्की

पाल्पा, भदौ २२ । पाल्पामा मिनी ट्रक दुर्घटना हुँदा आग्लागी भएको छ । तानसेन नगरपालिका ७ टिन्टे आँप स्थित बासँटारी–सराई भित्री सडक खण्डमा विद्युतुको तार सट भई ट्रकमा आग्लागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



। आईतबार तरकारी बोकेर बुटवलदेखि सराई तर्फ जाँदै गरेको लु १ ख ९४०९ नम्वरको ट्रक ब्रेक फेल भई सडक देखि ५ मिटर तल खस्न पुगेको थियो । ट्रक सडक तल रहेको विजुलीको पोलमा ठोक्किन पुगी तार सट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी दिपेन्द्र जिसीले बताए ।

आग्लागीबाट ट्रकमा रहेका तरकारी, त्रिपालमा आंशिक क्षति पुगेको छ । दुर्घटनाग्रस्त ट्रकमा रहेका चालक सहचालक भने हामफालेर बच्न सफल भएका छन । उनिहरु अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार