रिब्दीकोटमा शिक्षा र निजामति दिवसको अवसरमा रक्तदान तथा सरसफाई - Butwal Online

सुनिल कार्की

पाल्पा,भादौं २३ । पाल्पाको रिब्दीकोट गाउँपालिकाले शिक्षा, निजामती दिवसको अवसरमा रक्तदान तथा सरसफाई कार्यक्रम गरेको छ ।




कार्यक्रममा गाउँपालिका परिसर लगायत सरस्वती माविको परिसरमा सरसफाई गर्दै १३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा एसइइमा ए ग्रेड ल्याउन सफल २२ जना विद्यार्थी सहित २ जना शिक्षक र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका भित्रका विद्यालय मध्येबाट कक्षा ८ र एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने नारायण माविका प्रधानध्यापक राम बहादुर विक र आधारभुत सोमर प्राविका जमुना ज्ञवालिका साथै रिब्दिकोट गाउँपालिकाका सूचना अधिकृत हेमेन्द्र कुँवरलाई सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले सम्मान भन्ने मुफतमा नगरिने चन्दै राम्रो र उत्कृष्ट नतिजा र काम गर्नेलाई सम्मान गरिएको स्पष्ट पार्दै सम्मान सबैले खोज्ने भन्दा पनि सबैजना प्रभावकारी कार्य गर्नेतर्फ उन्मुख हुनुपर्ने बताए ।

कार्यक्रममा उपप्रमखु लक्ष्मी खनाल,प्रमुख प्रशासकिय अधिकृत ऋषिराम अर्याल,प्रवक्ता विष्णु खनाल लगायतले दिवसको अवसरमा शुभकामना दिर्दै उत्कृष्ट कार्य सम्पादन गरि सबैलाई सम्मान गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरे ।

कार्यक्रममा शिक्षक,बुद्धिजीवी,राजनैतिक दल,विद्यार्थी लगायतको उपस्थित रहेको थियो । कार्यक्र शिक्षा शाखा प्रमुख मणि खनालको स्वागत, र प्रकाश ज्ञवालिको सञ्चालनमा चलेको थियो ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार