नवलपरासीमा भारतीय सवारी साधनको कडाई प्रति बिरोध प्रदर्शन - Butwal Online

सहबान अन्सारी

नवलपरासी, २३ भदौ । नवलपरासीको महेशपुरमा आज सुबिधा भन्सार सहुलियत बचाऊ सर्घष समितीद्वारा बिरोध प्रदर्शन गरिएको छ ।



३० दिने सवारी साधनको सुबिधा भन्सार ३६५ दिनको कायम गर जस्तो नारा सहित प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र महेशपुर भन्सार कार्यालयका भन्सार प्रमुख हेमचन्द शर्मालाई ज्ञापन पत्र बुझाईएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत रहेका भन्सार विभागबाट भारतीय सवारी साधनको अनलाईन मार्फत गराऊनु भन्ने परिपत्र पठाई भारतीय सवारी साधनको बर्षमा सुबिधा भन्सार ३०/३० पटक मात्र गर्ने आशयको निर्देशन गरिएको प्रति गम्भिर ध्याकर्षण भएको जनाईएको छ। नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाऊदै २० लाख पर्यटक भित्र्याऊने र भारतबाट बढी भन्दा बढी पर्यटक भित्रिने तर भारतीय सवारीको आगमनमा नियन्त्रण गर्ने कार्यले भ्रमण बर्षलाई असर पुग्ने ज्ञापनमा उल्लेख गरिएको छ ।

साथै नेपाल र भारतको रोटीबेटीको सम्बन्ध रहेको अवस्था सवारी साधन माथी आघोषित रोक लगाऊनु मधेशको परम्परा र सास्कृति स्वरुपलाई आक्रमणको प्रयास गरिएको ठहर हुदाँ सवारी साधनलाई बर्षको ३६५ दिन नै सुबिधा र भन्सारको ब्यवस्था गर्नु पर्ने, अनलाईन प्रणालीलाई ब्यवस्थित र छिटो छरितो बनाऊनु पर्ने जोडदार माग गर्दै नेपाल सरकारले यस विषयमा तत्काल सम्बोधन नगरे सन्घर्षमा जान बाध्य हुने चेतावनी समेत अवगत गराएको छ ।

त्यस्तै महेशपुर भन्सार प्रमुख शर्माले महेशपुर भन्सार कार्यलयबाट भारतीय सवारी साधनहरुलाई हरेक दिन सुबिधा भन्सार कार्यालयले उपलब्ध गराईरहेको बताए। बिरोध कार्यक्रममा धिरज त्रिपाठी, करम हुसैन अन्सारी,दुधनाथ गुप्ता लगायतहरुले बोलेका थिए ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार