अन्तर विद्यालय स्तरिय भलिवल प्रतियोगिताको उपाधि न्यु होराईजन र नवज्योतिलाई - Butwal Online

बुटवल, २० भदौ । मणिमुकुन्द भलिवल क्वलको आयोजनामा छैठौ मणिमुकुन्द कप अन्तर विद्यालय स्तरिय छात्र छात्रा भलिवल प्रतियोगिताको उपाधि छात्र तर्फ न्यु होराईजन र छात्रा तर्फ नवज्योति स्कुलले हात पारेको छ ।



छात्र तर्फ देवदह माविलाई ३–२ को सेटले हराउँदै न्यू होराईजनले उपाधि चुमेको हो । छात्र तर्फ देवदह मावि द्धितिय, एक्सिस तृतिय तथा न्यू नमुना चौथो भए । छात्रा तर्फ सिद्धार्थ बोडिङ द्धितिय, न्यू लुम्बिनी देवदह तृतिय तथा शान्ती नमुना चौथो भए ।

विजयी छात्र÷छात्रा टिमले क्रमस प्रथमले नगद १२ हजार ५ सय द्धितियले नगद ७ हजार र तृतियले नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विद्यालय स्तर बाटै भलिवल खेलाडि उत्पादन गर्ने उद्देश्यले क्वलले प्रत्येक बर्ष अन्तरविद्यालय भलिवल प्रतियोगिता गर्दै आएको क्वलका अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा छात्रा १६ र छात्र २४ टिमको सहभागिता रहेको थियो । विजयी खेलाडिहरुलाई क्वलका बरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्रीले पुरस्कार वितरण गरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार