मोटरसाइकल चोरीको आरोपमा एकजना पक्राउ - Butwal Online
मोटरसाइकल चोरीको आरोपमा एकजना पक्राउ

दाङ , २४ भदौ । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।



घोराहीको मिलन चोकबाट हराएको रा ४ प १३२० नम्वरको मोटरसाइकल घोराही १९ दुइखोलीमा प्रबिणकुमार बस्नेतले चलाइरहेको अवस्थामा बरामब गरिएको दाङ प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरेको अभियोगमा प्रहरीले रोल्पाको रुन्टीगढीका १६ बर्षिय बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार