सावित्रा भण्डारीको निर्णायक गोलले नेपाल फाइनलमा - Butwal Online
सावित्रा भण्डारीको निर्णायक गोलले नेपाल फाइनलमा

बुटवल, २४ भदौ । स्टार फरवार्ड सावित्रा भण्डारीको निर्णायक गोलले नेपाल नादेझ्दा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ ।



मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

किर्गिस्तानको काराकोल शहरस्थित सेन्ट्रल रंगशालामा निर्धारित ९० मिनेटको खेल सकिन ४ मिनेट बाँकी हुँदा गिता रानाले मैदानको मध्य भागबाट प्रहार गरेको फ्रि-किकलाई हेडरमार्फत गोलमा परिणत गर्दै सावित्राले नेपालको जित सुनिश्चित गरिन्। प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ ।

अब नेपालले बिहिबार हुने फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार