शौच गर्न गएकी महिला मृत फेला - Butwal Online
शौच गर्न गएकी महिला मृत फेला

प्रिंस मिश्रा
कपिलवस्तु, २४ भदौ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ बहादुरगंजमा आज बिहान शंकास्पद अवस्थामा महिलाको शव फेला परेको छ ।



स्थानीय ३२ वर्षीय संगीता कलवारको शव घर नजिकै फेला परेको हो । बिहान ३:३० बजेतिर शौचालय गर्न गएकी आमा २ घण्टासम्म नफर्किए पछि मृतकी १२ वर्षीय छोरी सालु कलवार खोजिका लागि जाने क्रममा घर नजिकैको झाडीमा आमाको शव भेटाएकी थिइन्।

शव पोष्टमार्टमका लागि शिवराज अस्पतालमा पठाइयेको छ l उनको घाँटीमा निलडाम देखिएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय वहादुरगंजका प्रहरी नायव निरीक्षक अभय राउतले बताएका छन ।

यो पनि पढ्नुहोस

कपिलवस्तुमा मुस्लिम र हिन्दु समुदायले मोहर्रम पर्व मनाउँदै (फोटो फिचर)

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार