अन्जनको गोलमा नेपालको अग्रता - Butwal Online
अन्जनको गोलमा नेपालको अग्रता

बुटवल, २४ भदौ। विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्वको खेलमा नेपालले अग्रता लिएको छ । सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अहिले चाईनिज ताइपेविरुद्व प्रतिस्पर्धा गरिरहेको छ ।



ताइपेको घरेलु मैदानमा ताइपे स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।

रबि पासवानलाई लडाएपछि पाएको फ्रिकिकमा खेलको तेस्रो मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार