प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा - Butwal Online

बुटवल, २५ भदौ । सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।



प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजे महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।

फलोअपका लागि त्रिवि शिक्षण अस्पताल पुगेका प्रमको स्वास्थ्य जाँच सुरू गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतले जनाएको ।

यद्यपी प्रधानमन्त्रीको सचिवालयले भने त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । प्रम ओलीको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरि यही भदौ २० गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार