नवलपरासीमा मोहर्रमको अवसरमा बिशाल ताजीयाको निर्माण - Butwal Online

सहबान अन्सारी

नवलपरासी, २५ भदौ । हिन्दु मुस्लिमको साझा पर्व अर्थात मुस्लिम समुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाईएको छ । यस वर्ष जिल्लाको पुर्नाहा, महेसपुर र भुजहवामा विशाल तजिया बनाईएको छ।



जिल्ला मै सबै भन्दा विशाल ताजिया सारावल गाउपालि वडा न.७ भुजहवामा निमार्ण गरिएको छ । जसको क्षेत्रफल करिब ८५ फिट उचाइ र ४२ फिट चौडाइ रहेको छ । मुस्लिम समुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको छ । मेला जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउंहरूमा बासको ठुलो -ठुलो ताजिया बनाई भब्य मेला संचालन गरिएको छ ।

यसैगरी भुजहवाको विशाल ताजिया मेला मंगलबार देखि शुक्रबार सम्म मेला संचालन रहने छ । शुक्रबार सम्म संचालित रहने मेलामा थकडी, ठाकतास, लाठी, भाला, भेडा, जुधाउने, समेत खेल प्रतियोगिता गरिन्छ । जसमा प्रथम हुने टिमलाई दुई थान साईकल प्रदान गरिने त्यस्तै दृतिय हुने टिमलाई दुई थान टेबल पंखा र तृतीय हुनेलाई टिमलाई दिवाल घडी समेत प्रदान गरिने ताजिय मेला ब्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारीले बताउनु भएका छन ।

ग्रामीण भेग भुजहवामा निर्माण ताजिया गाउलेहरूको आर्थिक सहयोगमा निर्माण भएको हो । ताजिया निर्माण भएको ताजिया मिस्त्री मोहम्मद हुसैनले बताए । ४० खण्डमा विभाजन भएको ताजिया निर्माणका लागि बाँस, रिम, कागज, काटी, तार र गम आवश्यक पर्ने गरेको ताजिया डिजाईन गर्ने हेड मिस्त्री बन्धन सहानीले बताएका हुन । ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्रय भारतबाट आउने दर्शनार्थीहरूको मेलामा घुईचो लागने गरेको छ ।

हिजरीको पहिलो महिना मोहरर्मुल हरामको १० तारिखकाआज याद गरियो हजरत एमाम हुसैनको सहादतलाई ईस्लाम धर्मअनुसार आजको दिन तथा १० अौं मुहर्रमको हजरत एमाम हुसैन र उनको ७२ साथीहरुको साथ कर्बलाको मैदानमा सहिद भएका थिए । अरबको तत्कालिन शासक यजिदको कुरा नमानेपछि यजिदको नजर हुसैनको पुरै परिवार माथि परेको थियो र त्यसै क्रममा लडाईको मैदानमा हजरत एमामे हुसैनले ज्यान गुमाएर सहादत प्राप्त गरेका थिए ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार