भद्रगोल छाडेका जिग्री-पाँडेको नयाँ टेलिसिरियल ‘सक्किगोनि’ आउँदै - Butwal Online

काठमाडौं, २५ भदौ । केहि समय पहिला मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् ।



अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलकारहरू अब ‘सक्किगोनि’ मार्फत पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् ।

बुधवार मधुसुदन पाठक ‘सीते बा’ले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् । उनले लेखेका छन् ” आफुले जन्माएको हुर्काएको एउटा सिर्जना ईतिहास बन्दै गर्दा आफु भित्र को नसकिएको कलाकारिता को अर्को सिर्जना “ सक्किगोनी “ जन्मिएको छ !!

असोज २ गते बिहीवार देखि नेपाल टेलिभिजनमा ‘सक्किगोनि’ हेर्न पाइनेछ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार