युवाको रोजाईमा फूलखेती - Butwal Online
युवाको रोजाईमा फूलखेती

कावासोती, २५ भाद्र । नवलपुरको देबचुली नगरपालिकाका एक युबाले खेतिलाई ब्यबसायिक रुपमा अंगालेका छन् । फुलका लागि छिमेकी भारतमा निर्भर पर्नु परेको अबस्थमा देबचुली नगरपालिका -५ का विश्वास लामिछानेले फुलखेती सुरु गरेका हुन् ।



बेटर नवलपरासीका संयोजक समेत रहेका सामाजिक अभियान्ता लामिछाने अहिले सयपत्री फुलखेतीमा तल्लिन छन् । नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको अवस्थामा देवचुली नगरपालिका केउरेनी स्थित ५ कठ्ठा जग्गामा उनले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका हुन् ।

फूलहरुमध्ये सयपत्रीलाई अधिकाँशले बढी मन पराउँछन् ।सभा समारोह सजाउन ,अतिथीको स्वागत, न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री फूल नै उत्तम मानिन्छ ।त्यतिमात्र नभई तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला होस या पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । सवै क्षेत्रमा यति धेरै महत्व र माग भएको वस्तु छिमेकी भारतमा निर्भर हुनु परेको छ । मानिसले चिया, उखु, पशुपंक्षीपालन व्यवसाय,अन्नबालीमा मात्र ध्यान दिदै आइरहेको पाइन्छ । तर लामिछानेले फरक रुपमा आफुले फुल खेती शुरु गरेर अन्य युबा लाई पनि यश तर्फ आकर्शित गर्न खोजेको बताए ।

सयपत्री फूल नेपालको प्रसिद्ध फूल हो । यो फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ । अंग्रेजीमा ‘मैरी गोल्ड’ भनिन्छ । त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई ‘हजारी फूल’ भनेको पनि सुनिन्छ । नेपालमा धेरै प्रजातीको सयपत्री फुल पाईन्छ । नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतरार्द्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ । राँगा खसीको सयपत्रीजस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको किवदन्ती रहेकोछ । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङ्गो बुके बनाएजस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङ्गेफूल भनिन्छ ।

सीमावर्ती नाकाहरुबाट वर्षेनी करोडौँ मूल्य बरावरको फूल भित्रिरहेको अवस्थालाइ मध्यनजर गर्दै हाल किसानहरूले फूलमा आत्मनिर्भरसँगै आयआर्जनका लागि व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको छन । काठमाण्डौ, पोखरा, चितवन, बुटवल लगायत नवलपरासीका क्षेत्रमा किसानहरुले यसपाली सयपत्री फूलको खेती लगाएका छन् । चितवनमा बेटर चितवनका युवा अभियान्ताहरु त केही बर्षदेखी नै यो क्षेत्रमा लागेर सामाजिक कार्य समेत गर्दै आईरहेका छन ।

बेटर समाज निर्माण गर्न सधैं आँफैबाट राम्रो कार्य सुरुवात गरी समाज परिवर्तनमा सम्भव छ । सधैं बेरोजगार छु भन्दै अरुको भर पर्ने युवाहरु हरेक क्षेत्र उदार र सफल हुन जागर चलाऊने हो भने बिदेशी बस्तुको आयात घटाऊन र स्वदेशी बस्तुको उपभोग बढाउन सक्षम हुन सकिन्छ र त्यसै गरी चितवनकै साथीहरुको जसरी नै मेरिगोल्ड (सयपत्री )को विरुवा रोपेकोले स्वदेशी फूलले यस क्षेत्र आसपास बजारको माग धान्ने लामिछानेले दाबी गरेका छन् ।

सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउमा राम्रो संग फुल्ने गर्छ तर उच्च तापक्रम सहन सक्ने हुदैन तसर्थ नेपालमा गर्मि सकिने संगसंगै यसको खेति पनि फस्टाउदै गएको देखिन्छ । पानी नजम्ने र प्रांगारिक प्रदार्थ बढी हुने ठाउमा राम्रोसंग फुल्ने गरेको पाईन्छ । हाईब्रिड प्रकारको सयपत्री खुल्ला जमिनमा भन्दा गमला वा अन्य फूलदानी मा रोप्दा बढी सौन्दर्यता देखिन्छ ।

अन्य समयभन्दा तिहारमा बढी माग हुने सयपत्री फूल भारतबाट भित्रिने र फूल किन्न घुइँचो लागेको देखेर र बजारिया प्लास्टिकका मालाले दाजुभाइ दिदी बहिनी रमाउन वाध्य भएको अवस्थालाई मध्यानजर गरेर यसको खेती गर्ने सोच आएको उनले बताए । हाल ५ कठ्ठा बाट निजी लगानीमा खेती सुरु गरेको र क्रमश यसको क्षेत्र बढाउदै लैजाने उनको भनाइ छ ।

श्रावण महिनाबाट शुरु गरिएको यो खेतीमा मेरिगोल्ड जातको बिउ बाट विरुवा उत्पादन गरीएको लामिछानेले बताए । हाल पहिलो चरण मा साँढे पाच हजार विरुवा रोपिएको र हालसम्म अनुमानित ५० हजार रुपैया लगानी भएको उनको भनाइ छ । स्थानीय बजारको माग अनुरुप यसलाई अन्य युवाहरुलाई समेत समेटेर अन्य कृषिजन्य बस्तुको उत्पादन गर्ने र यसको माग पनि निकै रहेकोले यो खेती सफल हुनेमा उनी विश्वस्त छन । गरे जे पनि यही हुने बताउदै उनले खाडी मुलुकमा जानु भन्दा यस्तै पेसामा लाग्न अरुलाइ सल्लाह समेत दिन्छन् ।
घर परिवार र अन्य अभियान्ता साथीहरुले समेत यो पेशामा सहयोग गरेको हुँदा निकै सहज भएको उनी बताउछन । युवा अभियान्ता विश्वास यो पेशा सगै अन्य धेरै संघ संस्थाहरु संग मिलेर सामाजिक काम र अभियान चलाउंछन् ।

केही बर्ष अघिदेखी नै युवा अभियान्ताहरु मिलेर यो कृषि पेशामा काम गर्ने योजना बनाएको र अब यो सपना पुरा गर्दै धेरै बिदेश पलायन नहुन र यस्तै पेशाबाट सक्षम हुन समेत अनुरोध गर्दछन्। यस्ता प्रकारका साना –साना व्यवसायमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनले बताउछन ।

फूल किन्ने व्यापारीहरु बारीमै आउँने र सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फूल्न थाल्ने उनले बताए । अहिले फूलको बिरुवा धमाधम बिक्री हुन थालेको विश्वासले बताए । तिहारका लागि विरुवाहरु फूल्न तयार भइरहेको उनले बाताए । अन्य खेतीभन्दा यो खेतीमा काम गर्न सजिलो र उत्पादन खर्च समेत कम हुने र बातावरण मैत्री पेशा भएकोले यो पवित्र काममा सन्तुष्टी भएको बताउँछन् ।

देशमा युवाहरु बैदेशिक क्षेत्रलाई मात्र आम्दानीको स्रोत मान्ने र सरकारले बेरोजगारी युवाको विकराल तथ्यांक सार्वजनिक गरिरहदा यी र यस्ताखाले पेशाले सामाजिक सेवा सहित आत्मा निर्भर भइ स्वदेशमै रम्ने बातावरण सिर्जना गर्न सक्छ । स्थानिय सरकारले पनी युवालक्षित कार्यक्रममा चाखलाग्दो पेशामा लगानी गर्न प्रोत्साहन गरेमा थप कार्यमा हौसला हुने र युवाहरुलाई देशमै स्वरोजगार हुने अवसर मिल्ने लामिछाने ले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार