भ्रष्टाचारको बिरोधमा मालपोत कार्यालय घेराउ - Butwal Online
भ्रष्टाचारको बिरोधमा मालपोत कार्यालय घेराउ

कावासोती, २५ भदौ । नवलपुरको जिल्ला मालपोत कार्यालयमा हुने भ्रष्टाचारको बिरोध गर्दै बुधबार कार्यालय घेराउ गरिएको छ ।
राष्ट्रिय भुमिअधिकार मञ्च नवलपुरको आयोजनामा कावासोतीमा र्याली सहित मालपोत कार्यालय घेराउ गरिएको हो ।

 



र्‍यालिमा सहभागिहरुले मालपोत कार्यालय नापी कार्यालय लगायतमा सेवाग्राहीहरुको काममा ढिला सुस्ती गरिदिने र विभिन्न बाहानामा घुस लिने गरेको भन्दै बिरोध जनाएका हुन् । सहभागिहरुले मापलोत कार्यालय कावासोती अगाडि बुधबार दिउँसो नाराबाजी गर्दै धर्ना समेत दिएका थिए ।

यसैबिछ मालपोत कार्यालय कावासोतीमा बुधबारनै ज्ञापनपत्र समेत बुझाईएको छ । जिल्ला भुमि अधिकार मञ्च नवलपुरकि संयोजक मनरुपा कुमालको नेतृत्वमा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा मालपोतबाट उपलब्ध सेवा सुविधा कित्ताकाट, अंशवण्डा, नामसारी, जग्गा रजिष्ट्रेशन कार्य छिटो छरितो गर्न, घुस लिने कार्य बन्द गर्न, नवलपुर जिल्लामा भईरहेको चोरी दर्ता कार्य बन्द गर्न, विगतमा भएका चोरी दर्ता निवेदनका आधारमा बदर गर्न माग गरिएको छ । साथै नागरिकहरु मतदाता मात्र नभएर करदाता समेत भएकाले सोही अनुसारको व्यबहार गर्न समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार