कावासोतीमा नक्कली मह बरामद - Butwal Online
कावासोतीमा नक्कली मह बरामद

नवलपरासी, २५ भदौ । पुर्वी नवलपरासीको कावासोती ३ मा बीस लिटर अबैध नक्कली मह बरामद गरिएको छ।


जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कावासोती नगरपालिका, उद्योग बाणिज्य संघको निरिक्षण टोलिले सुराकीको आधारमा प्लास्टिकको थैलीमा बाधेर राखिएको नक्कली मह बरामद गरेको हो।



कावासोती ३ को रामनगर चोकमा रहेको क्या.कुल बहादुर गुरुङको पुरानो घरमा भाडामा बस्दै आएका मधेसी मुलका ब्यक्तीहरुले नक्कली मह बनाएर बिक्रीवितरण गर्दै आइरहेका थिए।

महमा मैनबत्ती बनाउदा प्रयोग गरिने केमिकल र चिनी प्रयोग गर्ने गरिएको निरिक्षण टोलिले बताएका छन।उक्त घरमा आफुहरु नबस्ने हुनाले भाडामा दिएको र उनिहरुले के कस्ता गतिविधि गरिरहेका छन भन्ने बिषयमा आफुलाई थाहा नभएको तर अहिले यस्तो खबर थाहा पाउदा आफू निकै दुखी भएको क्या.गुरुङले बताए।

कावासोती नगरपालिकाका अन्य क्षेत्रहरूमा पनि यस्ता अबैध क्रियाकलापहरु भैरहेको जानकारी प्राप्त भएको र निरिक्षण कार्य जारी रहेको उद्योग बाणिज्य संघका अध्यक्ष डासु राज पोख्रेलले जानकारी गराए।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार