नवलपुर ड्राईभिङ्ग व्यवसायी संघको अध्यक्षमा सापकोटा - Butwal Online

कावासोती, २५ भाद्र । नवलपुर ड्राईभिङ्ग व्यवसायी संघ नवलपुरको अध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । आज भएको ड्राईभिङ्ग व्यवसायीको भेलाले प्रविन सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।



संघको उपाध्यक्षमा ठाकुर कोइराला, सचिवमा बासु कोइराला, सह सचिवमा अर्जुन केसी, कोषाध्यक्ष गंगाधर न्यौपाने चयन भएका छन् ।यस्तै सदस्यमा पदमराज भण्डारी, विनोद बराल, धर्मागत बस्याल, चुन्न प्रसाद सापकोटा, रमेश पाण्डे, राज सिंह गुरौ रहेका छन् ।

नव गठित संघका अध्यक्ष प्रविन सापकोटाले संघले ड्राईभिङ्ग व्यवसायीको हक हितमा कार्य गर्दै जाने बताए । सबै व्यवसायीले एउटै दररेट कार्यम गर्ने लगाएतका कार्य गर्ने उनले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार