दाउन्नेमा यात्रुबाहक बसमा आगजनी - Butwal Online
दाउन्नेमा यात्रुबाहक बसमा आगजनी

बुटवल, २६ भदौ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ ।



महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडा नम्बर ४ खुुर्सानी खोलामा बिहान ५ बजे आगजनी भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गाडीलाई साइड लगाएर बाटो अबरोध नहुुने गरी आगजनी गरिएको छ । बसमा सवार यात्रुहरु सूरक्षित रहेको बताईएको छ । कसले के कारणले गाडीमा आगजनी गर्‍यो भन्ने नखुलेको र घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार