खत्रीको हत्यामा संलग्न ४ जना पक्राउ - Butwal Online
खत्रीको हत्यामा संलग्न ४ जना पक्राउ

सदिक्षा गैरे
कावासोती, २६ भाद्र । नवलपुर प्रहरिले एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरि सार्बजनिक गरेको छ ।



गैडाकोट १५ मनकामना टोलमा वस्ने ६८ बर्षीय भुमादेवी खत्रीको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले विहिवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गहना लुट्ने क्रममा खत्रीको हत्या गरि फरार भएका चारै जनालाइ हत्या भएको २४ घण्टामा पक्राउ गरिएको प्रहरी प्रमुख मोहन पोखरेलले जानकारी दीए ।

खत्रीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्का, ३५ बर्षीया मिना खड्का, तनहु रिसिङ घर भई हाल गैडाकोट १५ बुद्धचोक बस्ने ४५ बर्षका बसन्तकुमार बराल, बरालकी श्रीमती ३८ बर्षका कमला बराललाई नियन्त्रणमा लिएको नवलपुर प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेलले बताउनु भयो । मिना अर्जुनकी श्रीमती हुन् भने कमला बसन्तकी श्रीमती हुन् ।

आर्थिक प्रलोभनमा परि उनिहरुले खत्रीको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको नवलपुर प्रहरी प्रमुख पोख्रेलले बताए । उनीहरुको साथबाट सिक्रि, लकेट र रिङ समेत बरामद गरेको प्रहरीले जनाएको छ । खत्रीको शव भान्छा कोठाको भाडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको छ ।

धारियो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतक खत्रीका तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका छन् । उनी भने घरमा एक्लै बस्दै आएकी थिईन् । पक्राउ परेका अभियुक्तहरुलाई कर्तव्य र डाँका मुद्धामा नवलपर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार