रारा कृषी सहकारीको ११ औँ वार्षिक साधरण सभा सम्पन्न - Butwal Online
रारा कृषी सहकारीको ११ औँ वार्षिक साधरण सभा सम्पन्न

बुटवल, २६ भदौ । रारा कृषी सहकारी संस्थाको ११ औ वार्षिक साधरण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ ।



साधरण सभामा बोल्दै बुटबल उपमहानगरपालिका १६ का वडाध्यक्ष रामप्रसाद रेग्मीले बुटबल उपमहानरपालिकामा धेरै सहाकारी रहेको बताउदै यि सहकारीहरुलाई व्यवस्थित बनाउनु पर्ने बताए ।

साना तथा ठुला संहकारीलाई एउटै सहकारीमा व्याबस्थापन गर्न सकिए सहकारी सदस्यहरुले धेरै सुविधा पाउन सक्ने बताए । उनले सहकारीको माध्यमबाट कृषी क्षेत्रलाई अगाडी बढाउन सकिने बताउंदै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष सचिव र कोषाध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा डाक्टर खगिराज शर्मा, नरेस पाण्डे लगायतले मन्तव्य राखेका थिए । कलाधर पन्थीको अध्यक्षयता, तुल्सी रेग्मीको स्वागत र भिमकान्त पन्थीको सन्चालनमा कार्यक्रम भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार