भारतीय नक्साको बिरोधमा जनमुक्ति पार्टीद्धारा बुटवलमा बिरोध प्रदर्शन

सीमाको सूरक्षा गर्न नसके सरकारमा बस्ने अधिकार छैन—महासचिब सुर्यबंसी
बुटवल, ३० कार्तिक । नेपालको भूमी समेत समाबेश गरेर भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले शनिबार बुटवलमा बृहद बिरोध जुलुस तथा खबरदारी सभा सम्पन्न गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी ५ नं प्रदेश परिचालन समितिको आयोजना र रुपन्देही जिल्ला कार्य समितिको व्यवस्थापनमा आयोजित सभालाई संबोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशब सुर्यबंसी मगरले आफ्नो देशको सीमाको रक्षा गर्न नसक्नेहरुलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताए ।
आफ्नो देशको सीमा मिचिदा समेत सरकार चुप लागेर बसेको भन्दै उनले सीमा मिचिदा समेत …