हुलाकी सडकको निर्माण अवरोध हट्यो, वर्षा अघिनै पीच गर्ने तयारी

नेपालगञ्ज, बैशाख २० । नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्मााण कार्यले पुनः गती लिएको छ । सम्वाद समूह बाँकेको पहलमा वर्षौदेखिको सडक विवाद साम्य भएपनि निर्माण कार्यले अपेक्षाकृत गती लिन सकिरहेको...

कक्षा १२ को परिक्षामा सेटिङमै चिट चोराइयो : उपमहानगरपालिका

नेपालगञ्ज १७ बैशाख । नेपालगञ्जमा सञ्चालित कक्षा १२ को परिक्षामा सेटिङमै चिट चोराइएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आज गरिएको परिक्षा केन्द्रको अनुगमनपछि बोराका बोरा चिट फेला पारिएको हो । नगर प्रमुख डा धवल...

चितवन, १७ वैशाख ९रासस०ः एक दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही गर्न सफल भएका हुन् । छ वर्षअघि बैदेशिक रोजगारबाट फर्केर आउनुभएका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड कोल्ड स्टोर’ खोलेर व्यवसाय गर्दै आउनुभएको हो । दाजु नरिश्वरका अनुसार उहाँ दुई वर्ष कतार र छ वर्ष दुबईमा तथा भाइ रामु १० वर्ष दुबई बस्नुभयो । विसं २०६९मा उहाँहरू दुबैले सल्लाह गरेर नेपाल फर्केपछि यो व्यवसाय थाल्नु भएको थियो । भाइ रामुले भन्नुभयो, “बकुल्लहर चोकको सानीआमाको जग्गामा रहेको पसल बिक्री हुँदै छ भन्ने सुनेपछि दाजुभाइ एयर अरबियाको जहाज चढेर नेपालमा नै व्यापार गर्ने सोचका साथ फर्कियौ । यी दाजुभाइले नेपाल फर्किएर रिमाल बासँग सानीआमाको जग्गामा रहेको पान पसल खरीद गर्नुभयो । रामुले भन्नुभयो,“हामीलाई पान बनाउने ज्ञान थिएन रु चार लाखमा पसल किन्दै गर्दा रिमाल बासँग दुईसातासम्म पान बनाउन सिकाउनुपर्ने सर्त राख्यौं ।” सोही सर्तअनुसार भारत नटेकेका पौडेल दाजुभाइलाई रिमाल बाले पान बनाउन सिकाउनुभयो । यससँगै ती दाजुभाइले कोल्ड स्टोर पनि सञ्चालन गर्दै लैजानुभयो । दाजु नरिश्वरका अनुसार यी दुबैबाट दैनिक रु ३० देखि ४० हजारसम्मको व्यापार हुने गरेको छ । उहाँका अनुसार एक महीनामा पसलको भाडा रु ३० हजारसहित पसल र घरको सबै खर्च कटाएर एकदेखि सवालाखसम्म बचत हुने गरेको छ । यही कमाएको पैसाले दुई कठ्ठा जमीन र एउटा नयाँ घर ठड्याइएको र अहिले यहाँको सम्पति रू चार करोड बराबरको पुगेको छ । घरमा खेतीपातीसँगै व्यापारमा बुबाले पनि सघाउँदै आउनु भएको भाइ रामुले बताउनुभयो । सो क्षेत्रमा सबैले रुचाएको पान उहाँले नै बिक्री गर्दै आउनुभएको छ । “दैनिक तीन सय खिल्लीभन्दा बढी पान बिक्री हुन्छ,” । रामुले भन्नुभयो, “यहाँ पान बेचेरै पनि सुन फलाउन सकिन्छ । विदेशमा अर्काको श्रम गर्नुभन्दा घरपरिवार र स्टमित्रसँगै रमाउन पाउँदा आफू निकै खुशी छु ।” दाजु नरिश्वरले भन्नुभयो,“कोही पनि विदेश जानुपर्दैन, त्यहाँको जति मिहनेत यही ग¥यो भने अवश्य सुन फल्छ ।”

बढ्दो ध्वनि प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागी सम्वाद

नेपालगञ्ज, १७ बैशाख । नेपालगञ्जको बढ्दो ध्वनि प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागि सम्वाद प्रक्रिया बढाइदैछ । अत्यधिक ध्वनी प्रदूषण र प्लाष्टिकको प्रयोग हुने शहरका रुपा रुपान्तरण हुँदै गइरहेको नेपालगञ्जमा नियन्त्रणको आवाज उठाइएपनि अब संस्थागत...

बाँकेको शारदा कपास उद्योगमा आगलागी

नेपालगन्ज, १६ बैशाख । बाँकेमा रहेको शारदा कपास उद्योगमा आज आगलागी हँुदा लाखौको क्षति भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैनाको बसन्त मल्ल चोक स्थित रहेको उद्योगमा विहान सवा १० बजे भएको आगलागीबाट लाखौं...

कंडेलको पशुपालनमा करोडौको लगानी

खजुरा १६ बैशाख  बाँकेमा कृषि पेशालाई व्यवसायिक रुपमा अंगाल्ने र ठुलो लगानी गर्ने किसानको संख्या दिनप्रतिदिन बढ्दो छ । कोहि विदेशबाट फर्केर त कोहि जागिर छाडेर भएपनि व्यवसायिक रुपले कृषि क्षेत्रमा संलग्न भइरहेका छन् । बाँके...

हात्तिपाइले मुक्त गर्नुस् १० लाख दिन्छुः श्रीवास्तव

नेपालगन्ज, १२ बैशाख । हात्तिपाइले रोग मुक्त वडा घोषणा हुने बाँकेका वडाहरुलाई १० लाखपुरस्कार स्वरुप प्रदान गरिने भएको छ । हात्तिपाइले रोग निवारण गर्ने सरकारीलक्ष्यलाई पूरा गर्न प्रभावकारी काम गर्ने वडाहरुलाई जिल्ला समन्वयसमितिले पुरस्कार...

स्वीमिङमा गौरिकालाई कीर्तिमानसहित दुई स्वर्ण

नेपालगन्ज, ८  बैशाख  स्वीमिङ अन्तर्गत नेपाल आर्मीकी गौरिका सिंहले दुई स्वर्ण हात पारेकी छन् । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी खेलको पहिलो दिन नै नेपाल आर्मी क्लबकी गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी...

महिला हेन्डबलमा गण्डकी प्रदेश र आर्मी विजयी

बाँके, ७ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा शनिवार विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश...

पुरुष फुटबलमा एपीएफ विजयी

बाँके ,७ बैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । तेस्रो खेलमा एपीएफको यो दोस्रो जीत हो । २–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको...