समाचार

काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौँ, २५ वैशाख  : शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ ।   ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ,...

चोरको आक्रमणबाट दम्पती घाइते, २ तोला सुन लुटियो

चितवन, २५ वैशाख । पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय...

माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

वैशाख २५ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडाँैबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा...

बालश्रम र बाल विवाह न्यूनीकरण गर्न सचेत बन्दै दाङका नागरिक

लमही, २५ वैशाख । बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको...

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुनको भाउ तोलामा २०० रुपैयाले बढेको छ । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो

बाँके, २५ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने...

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

तौलिहवा, २५ वैशाख ः तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ । लु ३ प ५००१ नं को मोटरसाइकल रोकिराखेको लु१ ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल...

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लहान, २५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल...

जमीनमुनिबाट ग्यास निस्कियो

पाल्पा, २५ वैशाख माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ ।   स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी...