पाल्पा

पाल्पामा महिलाहरुद्वारा ‘डेरी फार्म’ सञ्चालन, राम्रो आम्दानी

बेझाड, ३ असार : रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन...

पाल्पामा च्याउ खाएर बिरामी परेकाको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने

पाल्पा, २ असार : पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई...

पाल्पा : कार्यालय सहयोगीको भरमा आयुर्वेदिक औषधालय सेवाग्राही मर्कामा

बेझाड, १ असार : पाल्पाको एक स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । पाल्पा रामपुर नगरपालिका –१ स्थित गाडाकोट आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । विगत सात महिनादेखि...

पाल्पामा बाँदर आतङ्क नियन्त्रणका लागि ठोस योजनाको अभाव

पाल्पा, १ असार : पाल्पामा बाँदरले सताएपछि कृषक हैरान भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न स्थानमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेको...

पाल्पाको रामपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

बेझाड, ३२ जेठ । पाल्पाको रामपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका ७० युवालाई छनोट गरी शुक्रबारदेखि काममा लगाइएको छ । प्रधानमन्त्री रोजगार कोषमार्फत नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५...

पाल्पामा जङ्गली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुग्यो

रामपुर, ३१ जेठ : निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर...

पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

रामपुर, ३१ जेठ : पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० श्ययाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकारे । पाल्पा जिल्लासँगै स्याङ्जा,...

पाल्पाको मौलाथरमा खानेपानी पुगेपछि स्थानीय खुशी

पाल्पा, ३१ जेठ : बिहान उज्यालो हुन नपाउँदै पानी बोक्ने पिरलो हुन्थ्यो मौलाथरकी रिसिमाया खन्गाहालाई । उनले गाउँमा पानी आउँछ र सहजसँग उपभोग गर्न पाइएला भनेर कहिल्यै पनि कल्पना गरिनन् । अहिले भने गाउँमा खानेपानी...

पाल्पामा विमानस्थल निर्माणका लागी बराङ्गदी र नायरमा संभाव्यता अध्ययन

पाल्पा, जेठ ३० । जिल्लाको बगनासकालि गाउँपालिकाको बराङ्गदी र नायरमा विमानस्थल निर्माणको लागि संभाव्यता अध्ययन सुरु भएको छ । तानसेन नगरपालिका र बगनासकालि गाउँपालिकाको सहकार्यमा विमानस्थल निर्माण गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै विमानस्थलको संभाव्यता...