यूएईमा सिकेको सीप ८ जिल्लामा निशुल्क सिकाउँदै उद्यमी

काठमाडाै‌ : यूएईका नेपाली व्यवसायी ओम उप्रेती यूएईमा सिकेको ज्ञान, सीप र जीवनोपयोगी कला विभिन्न जिल्लामा निशुल्क सिकाउँदै हिँडेका छन् । अभियानकै रुपमा उनी आठ जिल्ला पुगेर आफ्नो सीप सिकाउँदै आएका छन् ।

गत चैत १ देखि सुरु उनको यो अभियानको दोश्रो चरण अन्तरगत उनले असोज १३ गते स्याङ्जा जिल्लाबाट अभियान थालेका हुन् । स्याङ्जाबाट सुरु हुने दोस्रो चरणको अभियान पाल्पा, रुपन्देही, इटहरी, सर्लाही, मोरङ हुँदै झापामा गएर समापन हुने छ ।

यही असोज २२ गते कनकाइ बहुमुखी क्याम्पसमा समापन कार्यक्रम गरिने अभियन्ता उप्रेतीले बताए । उप्रेती डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक पनि हुन् । नेपाली युवाले ज्ञान र सीप सिकेर मात्रै विदेश जाउन् भन्ने उद्धेश्यले गाउँ गाउँमा निशुल्क सीप सिकाउँदै हिँडेको उप्रेती बताउँछन्।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology