बुटवलमा जारी प्रथम स्मृति कपः इलिट मावि विजयी, शनिबार देखि क्वाटरफाइनका खेल

बुटवल, मंसिर २१ । बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा बुटवल इलिट मावि विजयी भएको छ । इलिट र केपिएम गंगोलियाबीच भएको खेलमा इलिट ४÷० गोल अन्तरले विजयी भएको हो । यो सँगै पहिलो राउण्डका सबै खेल सकिएका छ । शनिबार देखि क्वाटरफाइनका खेल सुरू हुनेछन ।


पहिलो क्वाटरफाइनल खेल स्मृति बोर्डिङ स्कूल टिम ‘बि’ र शिवपुर मावि शिवपुर, दोस्रो खेल अरनिको बोर्डिङ स्कुल भलवारी र कुँवरवर्ती बोर्डिङ स्कूलका बीच हुनेछ । त्यस्तैगरी होराइजन मावि र सेन्ट जोसेफबीच तेस्रो खेल हुनेछ । भने शनिबारको अन्तिम खेल लडबुद्ध बोर्डिङ स्कूल र प्रभातमावि सैनामैनाबीच हुने स्मृति स्पोर्टर्स क्लबका अध्यक्ष महेश खनालले जानकारी दिए ।
प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक फोर नेशन इन्टरनेशनलन छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology