स्कलर्स होम एकेडेमी काठमाडौं लाई ३-२ ले पराजित गर्दै न्यू होराईजन बोडिङ स्कुल बुटवल विजयी

ब्ुटवल, १ पुस । न्यू होराईजन बोडिङ स्कुल बुटवल र स्कलर्स होम एकेडेमी, सामाकोशी काठमाडौं बीच मैत्रिपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । आपसी भाईचारको विकास संगै खेलाडिहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको फुटवल प्रतियोगितामा न्यू होराईजन ३–२ ले विजयी भयो ।


बुटवल ११ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको मैत्रिपुर्ण फुटवलमा दुवै विद्यालयका अन्डर १३ उमेर समुहका खेलाडिहरुको उपस्थिती रहेको थियो ।
गत बर्ष स्पेनमा गएर मैत्रिपुर्ण खेल खेलेको स्कालर्स होम एकेडेमीले स्पेनमा बटुलेको अनुभवलाई आद्रान प्रदान गर्ने उद्देश्यले मैत्रिपुर्ण फुटवल गरिएको स्कलर्सहोम एकेडेमीका प्राचार्य हरिनारायण उपाध्यायले जानाकारी दिए । उनले खेल र खेलाडि मार्फत नेपाललाई विश्वसामु चिनाउन सकिने भन्दै खेललाई जीवनको दोस्रो महत्वपुर्ण स्थान दिएर खेल खेल्नुपर्ने बताए ।


न्यू होराईजनका प्राचार्य लोकनाथ उपाध्ययायले अन्तर विद्यालय मैत्रिपुर्ण फुटवल प्रतियोगिताले विद्यार्थीको खेल क्षमताको प्रदर्शन तथा विद्यालय बीच आपसी भाईचारको विकास हुने बताए । रुपन्देहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि उत्पादन गरेको बताउँदै अध्ययान संगै खेलकुद क्षेत्रलाई संग संगै लैजान विद्यार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रममा न्यू होराईजनका उपप्राचार्य बासुदेव अर्याल, खेलकुद संयोजक बालकृष्ण बस्याल, प्लस टु संयोजक प्रकाश खनाल, प्रशिक्षक सुरज थापा, स्कलर्सहोमका खेल प्रशिक्षक कैलाश उपाध्याय लगाएतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology