सेभेन स्टार युवा क्लव बेलभरिया लाई ३–० ले हराउँदै देशभक्त युवा क्लब विजयी सुरुवात

ब्ुटवल, ६ पुस । दोस्रो जन ज्योतीकप नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । जनज्योती क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित डिङ्गरनगरको जनज्योती खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा देशभक्त युवा क्लब मगरमुडा नवलपरासी विजयी भएको छ । सेभेन स्टार युवा क्लव बेलभरिया लाई ३–० ले हराउँदै देशभक्तले विजयी सुरुवात गरेको हो ।

देशभक्तका लागि ५४ मिनेटमा विनोद केवट, ५९ मिनेटमा सुरज चौधरीले पनोल्टी मार्फत र अर्को गोल ६४ मिनेटमा अर्जुन क्षेत्री गरे । सेभन स्टारले केही सुनौलो मौका पाएपनि गोल गर्नबाट चुक्यो । प्रतियोगिताको म्यान अफदी म्याच देशभक्तका क्याप्टेन चुरामणी चौधरी भए ।
खेल सुरु हुनु अघि प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले नगरपालिकाले खेलकुद विकासका लागि विभिन्न योजनाहरु बनाएको भन्दै नगरपालिकालाई खेलकुद हव बनाईने बताए । पहिलो चरणमा खेल मैदानको व्यवस्थापन तथा पुर्वधारमा नगरपालिकाले लगानी गर्न लागेको बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्र बाट पुरस्कृत गरिने क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले बताए । यसैगरि प्रतियोगितामा म्यान अफदी म्याच, वेष्ट प्लेयर, हाई स्कोरर, बेष्ट गोलकिपर, वेष्ट डिफेन्डरलाई समेत नगद, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सेमीफाईनल पुग्ने दुई टिमलाई नगद १५ हजारका दरले पुरस्कृत गरिनेछ । जिल्लामा रहेका विभिन्न १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने खेल संयोजक जहर सिह रानाले बताए ।
प्रतियोगिता अन्तर्गत भोली भैरव स्पोर्टस क्लव नवलपरासी र सुनौलो संगम युवा क्लव बुटवल ११ का बीच खेल हुनेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology