प्रदेश नम्बर ५ : दुइटा विधेयक ३ दिनभित्र संशोधनका लागि पेश

बुटवल, ८ चैत । प्रदेश नम्बर ५ प्रदेश सभाको तेस्रो अधिवेसन अन्तर्गतको दोस्रो बैठक आजमा दुई वटा विधेयक ७२ घण्टा भित्र संसोधनका लागि पेश गरिएको छ ।

प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा बनेको विधेयक र प्रदेश नं. ५ संघ संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसोधनका लागि पेश गरिएको हो । दुवै विधेयकलाई सभामुख पुर्ण बहादुर घर्तिले सभामा विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । विचार गरियोस भन्ने प्रस्ताव सर्वसहमतले पास भएपछि सैद्धान्तिक छलफलमा लगिएको थियो ।
जाँचबुझ विधेयकको सैद्धान्तिक छलफलमा सांसद तिलकराम शर्मा, दिपा विश्वकर्मा, बावुराम गौतम र फकरुद्दिन खानले भाग लिएका थिए । उनीहरुले जाँचबुझ आयोगका सदस्यको योग्यता र घटनाको अनुसन्धान गर्दा प्रभावित नहुने गरी जाँचबुझ्न गर्न सुझाव दिएका थिए । त्यस्तै संघ संस्था दर्ता सम्बन्धी बनेको विधेयकमा चेत नारायण आचार्य, कमला वि.क र युवराज खनालले छलफलमा भाग लिएका थिए । उनीहरुले विधेयकको स्वागत गरे । त्यस अघि संसदको विशेष समय लिएर सांसद उत्तरकुमार वली र भोज प्रसाद श्रेष्ठले सरकारको ध्यानआर्कषण गराएका थिए । छलफलपछि आर्थिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले जवाफ दिएका थिए ।
संसदमा बोल्दै सांसद भोज प्रसाद श्रेष्ठले बैंकले अनावश्यक व्याजदर बृद्धि गर्दा उद्योगीहरु धरासयी बन्न लागेको बताउँदै त्यसको असर प्रदेशको समृद्धिमा पर्ने बताए ।
त्यसैगरी सांसद उत्तरकुमार वलीले प्रदेशमा हुने जुनसुकै घटनामा घटनापछिको उद्दारका लागि सरकार गम्भिर बन्नुपर्ने बताए ।
त्यस्तै बैठकमा तीनवटा विधेयकहरु छलफलका लागि पेश भएका छन् । प्रदेश नम्बर ५ अन्त्र प्रदेश बासिन्दा समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ प्रशासकीय कार्य्विधि (नियमित गर्ने ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश भएका हुन । संसदको अर्को बैठक भोली पुस ९ गते दिउसो १ बजे बस्दै छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology