प्रदेश नं. ५ मा फास्ट ट्रयाक्क बाट विधेयक पारित

बुटवल, ९ पुस । प्रदेश नं. ५ प्रदेश सभाको सोमबार बसेको बैठकले फास्ट ट्रयाक्क बाट विधेयक पारित गरेको छ । बैठकले प्रदेश नं. ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फास्ट ट्रयाक्क बाट पारित गरेको हो ।


बैठकमा सांसद चेतनारायण आचार्यले प्रदेश सभा नियमावली, २०७४ को नियम २ सय १२ बमोजिम नियमावलीको नियम निलम्बनको प्रस्ताव सभामा प्रस्तुत गरेका थिए । नियम निलम्बन संसदबाट सर्व सहमत पारित भए संगै सभामुख पुर्ण बहादुर घर्तिले विधेयकलाई हुन्छ, हुन्न मतका आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए । उक्त विधेयक आजै संसदमा पेश गरी, सैद्धान्तिक छलफल पछि पारित गरिएको हो । शैद्धान्तिक छलफललमा सांसद ईन्द्रजित थारु, कविराम थारु र जालपा भुसालले भाग लिएका थिए ।

त्यस्तै प्रदेश नं. ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसोधनका लागि ७२ घण्टा प्रस्ताव गरिएको छ । सांसदहरु दामा शर्मा, अजूृन कुमार केसी र रेवतीरमण शर्माले शैद्धान्तिक छलफलमा भाग लिए संगै संसोधनका लागि प्रस्ताव गरिएको छ । त्यस्तै आईतबार पेश गरिएको प्रदेश नं. ५ अन्तर प्रदेश बासिन्दा समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा गर्न बनेको विधेयक पनि संसोधनका लागि प्रस्ताव गरिएको छ । उक्त विधेयकको शैद्धान्तिक छलफलमा सांसदहरु ऋमर ब. डाँगी, धमकली चौधरी, कृष्ण प्रसाद न्यौपाने र अष्टभुजा पाठकले बोलेका थिए । त्यस्तै आजको बैठकमा २ वटा विधेयक संसदमा पेश भएका छन् ।

आर्थिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले संसदमा प्रदेश नं. ५ जिल्ला सभा तथा जिल्ला समन्वयन समिति सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक र प्रदेश नं. ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक पेश गरेका हुन ।
त्यस अघि सभामा विशेष समय लिएर ४ जना सांसदले बोलेका थिए । सांसद विष्णु प्रसाद पन्थीले सरकारले भारु २ सय, ५ सय र २ हजारको नोट प्रतिबन्ध लगाउदा दुर्गम पहाडि जिल्लामा कालोबजारी बढेको बताए । त्यसैगरी सांसद विष्णु कुमार अधिकारीले उखु किसानका मागहरुको सम्बोधनका लागि सरकार गम्भिर बन्नुपर्ने बताए । अर्का सांसद फकरुद्दिन खाँनले लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सरकारले प्रचार प्रसार नगरेको बताए । सांसद कल्पना पाण्डेले संविधान जारी भएपछि पनि मधेशी समुदायमा आमाको नामबाट नागरिकता नभएको बताईन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology