स्थायी राजधानी र नामाकरण समितमा सवै जिल्लाका सांसदहरु हुनुपर्ने

बुटवल, ११ पुस । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न बनेको विशेष समितमा सवै जिल्लाका सांसदहरुको प्र्रतिनिधित्व हुनुपर्ने सांसदले माग राखेका छन । प्रदेश सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले १२ जिल्लाकै सांसदहरु विशेष समितिमा हुनुपर्ने बताए ।


संसदमा बोल्दै सांसद ईन्द्रप्रसाद खरेलले बाँके रुकुम र परासी जिल्लाका सांसदहरुको प्रतिनिधित्व विशेष समितिमा नभएको भन्दै तीन जिल्लाका सांसदहरुलाई थपेर समितिलाई पुर्ण बनाउनुपर्ने बताए । उनले समितिले तत्काल प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा टुंगो लगाउनुपर्ने समेत बताए ।
प्रदेश सरकार मालपोत कार्यालय जस्तो भएको बताउँदै उनले प्रदेश सरकार प्रशासनको कमाण्डबाट चलेको बताए । संसदमा ५ मिनेट भाषण गरेका उनले ८७ जना सांसदको चित्त सरकारले बुझाउन नसकेको भन्दै १२ जिल्लाका जनताको चित्त, मन कसरी बुझाउन सक्छ भन्दै प्रश्न गरे । उनले अस्थायी राजधानीमा सिगारपटार समेत बन्द गर्नुपर्ने बताए ।
त्यस्तै सांसद दिर्घ नारायण पाण्डेले कपिलबस्तु प्रहरी प्रशासन दोषिलाई उन्मुक्ति दिने र निर्दोषलाई जेलमा राख्ने काम गरेको बताए । निर्मला क्षेत्रीले अबैध नदिजन्य पदार्थ चोरी निकासी रोक्न सरकार गम्भिर बन्नुपर्ने बताईन । त्यस्तै रमा अर्यालले विधेयक अध्ययान गर्न २४ घण्टाको समय हुनुपर्ने माग गरिन ।
त्यस्तै बैठकमा आज प्रदेश नं. ५ सहकारी सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक र प्रदेश नं. ५ बीउ विजन सम्बन्धी व्यवस्थ ागर्न बनेको विधेयकमा शैद्धान्तिक छलफल भएको थियो । त्यस्तै सभामा बुधबार तीन वटा विधेयक पेश भएका छन् । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नंं ५ दाना पदार्थ सम्बन्धम व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक र प्रदेश नं. ५ पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेकी छिन् । संसदको अर्को बैठक पुस १८ गते दिनको एक बजे बस्नेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology