समृद्ध प्रदेश खुसी जनता बनाउने सपथ खाएका सांसदहरु गैर जिम्मेवार

बुटवल, ११ पुस । जनताको काम गर्ने भन्दै निर्वाचनमा उठेका र समृद्ध प्रदेश खुसी जनता बनाउने सपथ खाएका सांसदहरु संसदमा गैर जिम्मेवार बनेका छन् ।

मिनि संसदको रुपमा मानिने विशेष समिति, संसदीय समितिमा हचुवाको भाषण गर्ने सांसदहरु प्रदेश सभाको बैठकमा समेत गैरजिम्मेवार बनेका हुन । प्रदेश नं. ५ प्रदेश सरकारका सांसदहरु संसद बैठकमा कति गैर जिम्मेवार हुन्छन भन्ने जान्न यी दृश्य काफि छन् ।

(तस्वीरमा) यी हुन सांसद इृन्द्र प्रसाद खरेल । नकेपाका सांसद खरेल सरकारकै विरुद्ध तुच्छ अभिब्यक्ती दिन्छन् । तर बैठकमा बारम्बार यिनै मोबाईलमा व्यस्त बन्छन् । कहिले संसद बैठक भित्रै निदाउने सांसदहरुमा अहिले मोबाईल मोह देखिएको छ । संसद बैठक चलिरहकै बेला सांसद नियमको उल्घन गर्दै मोबाईनमा व्यस्त हुने गरेका छन् । सभामुख पुर्ण बहादुर घर्तिले बारम्बार संसदमा मोबाईल नचलाउन रुलिङ पनि गर्दै आएका छन् । तर सांसदहरुको प्रबत्तिमा भने सुधार भएको देखिदैन् ।


संसद भवन भित्र मोबाईल चलाउने मात्रै हैन् महत्वपुर्ण विधेयक माथी छलफल हुँदा कतिपय सांसदहरु भने संसद भवन बाहिर गफिने गरेका छन् । संसदमा आफ्ना भनाई राख्ने अनि बैठक बाहिर मोबाईलमा गफिने सांसदहरु पनि प्रदेश सभाको बैठकमा गैरजिम्मेवार देखिएका छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology