लुम्बिनी एक्स्पोमा भलिबल : मणिमुकुन्द निलो र ब्रेभ गोर्खा सेमिफाइनलमा प्रबेश

बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१८ मा बुधबार भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा हिज छुट्टाछुटै चार खेल भएको छ ।
रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको प्रतियोगिताका पहिलो खेलमा गुल्मीले चरङे युवा क्लब माथि ३–० को सोझो सेटमा जित निकालेको हो ।

त्यसै गरी आज भएको पहिलो क्वाटर खेलमा ब्रेभ गोर्खाले बुटवल बहुमुखि क्याम्पसलाइ ३–० को सोझो सेटमा जितेको छ । दोस्रो क्वाटर खेलमा मणिमुकुन्द भलिबल क्लबले नवलपरासीलाइ पनि ३–० को सोझो सेटमा जितेको छ । क्वाटर फाइनलका बिजेता मणिमुकुन्द भलिबल क्लब र ब्रेभ गोर्खा सेमिफाइनलमा प्रबेश गरेको छ । प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका खेलाडी सहभागि ११ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका छन ।

उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ नगदसहित कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद ४४ हजार ४ सय ४४ तथा चौथौ टिमलाई नगद २१ हजार ५ सय ५५ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । विद्यागत रुपमा समेत विभिन्न आठ खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगदबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष नबिन थापाले जानकारी दिनुभयो । आज क्वाटर फाइनलको २ खेल र सेमिफाइनल एक खेल हुने छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology