दोस्रो जनज्योती कपको उपाधि सुनौलो संगम युवा क्लब बुटवल लाइ

बुटवल, २१ पुस
रुपन्देहीमा सम्पन्न दोस्रो जनज्योती कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लब बुटवलले हात पारेका छ । शनिबार भएको फाईनल खेलमा सुनौलो संगमले बुटवल युनाईटेड क्लब बुटवललाई ट्राईबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै सुनौलोले नगद १ लाख २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि उपविजेताले चित्त बुझाएको बुटवल युनाईटेड नगद ६५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।


जनज्योती क्लबको आयोजनामा तिलोत्तमा नगरपालिकाको डिङ्गरनगरस्थित जनज्योती खेलमैदानमा भएको फाईनल खेल १–१ गोलको बराबरी भएपनि खेल ट्राईबेकरमा गएको थियो ।
ट्राईबेकरमा सुनौलोका जनम लिगल, रंजित थापा र मोहन थापाले गोल गरेका थिए । भने खेलमा सुनौलोका गोलकिपर सृजन श्रेष्ठले दुई वटा महत्वपूर्ण गोललाई रोक्न सफल भएका थिए । उनले बुटवलका क्याप्टेन शिव श्रेष्ठ र सन्तोष गुरुङ्गको गोललाई रोकिदिएका थिए । यसैगरि निर्मल मिदुलको प्रहार बाहिरिएको थियो । बुटवलका शुसिल लामाले एकमात्र गोल गरेका थिए । खेलमा सुनौलो संगमका सुनौलो संगमका उपेन्द्र सारु म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन ।

यसैगरि प्रतियोगितामा म्यान अफ दी म्याच, वेष्ट प्लेयर, हाई स्कोरर, बेष्ट गोलकिपर, वेष्ट डिफेन्डरलाई समेत नगद, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सेमीफाईनल पुग्ने दुई टिमलाई नगद १५ हजारका दरले पुरस्कृत गरिनेछ । जिल्लामा रहेका विभिन्न १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।
एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई
प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, वडा नं. ४ का वडाअध्यक्ष दिवाकर ढकाल, क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology