रुपन्देहीमा जिल्लास्तरीय फुटसल संघ गठन

बुटवल, २१  पुस । रुपन्देहीमा जिल्लास्तरीय फुटसल संघको तदर्थ समिति गठन गरिएको छ । युवा राजु पुन मगरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला फुटसल संघ गठन भएको हो ।

जसको उपाध्यक्ष नगेन्द्र सिह, सचिव दिपेश कुमार अग्रहरी, कोषध्यक्ष नबिनराज बञ्जाडे, सदस्यमा डा.किशन थापा, निरज भण्डारी, विशाल भण्डारी, पदम राना, वारिस राना, हरि हिताङ्ग, सुमित खनाल, जंग बहादुर बराल, अमित गुरुङ्ग, कमल थापा र विश्वजीत ताम्राकार गरि १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल फुटसल एशोसियसनका उपाध्यक्ष सन्तोष पराजुलीले नेपालमा फुटसलको सम्भावना रहेको बताए । नेपाल अन्तराष्ट्रिय फुटसलको सदस्य राष्ट्र भएकाले पनि तिब्र रुपमा विकास जरुरी भएको बताए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले जिल्ला अन्तरगत ३५ वटा खेलकुद सम्बद्ध संघहरु रहेको बताए । जिल्लाका धेरै संघहरु क्रियाशिलता नदेखिएको भन्दै उनले काम गर्न जरुरी रहेको बताए ।

संस्थागत विकाससंगै खेलाडी उत्पादन गर्ने गरिअघि बढ्न सुझाव दिए । देविनगरलाई खेलकुदको गाउ बनाउन जरुरी रहेको उनले बताए । तर स्थानिय सरकारले यसको योजना नल्याउदा समस्या भएको बताए । खेलकुद प्रति स्थानिय सरकार गंम्भिर नहुदा यो योजना अघि बढ्न नसकेको गुनासो उनले गरे । कार्यालय सचिव संगमसिह थापाले खेलकुदमा रुपन्देहीको छबिलाई फुटसलले अझ बढाउने बताए ।

बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले संघ फुटसलको विकाससंग युवा खेलाडी उत्पादनमा अग्रसर हुनुपर्ने बताए । संघ झोले संस्थाका रुपमा नभई संस्थागत विकासमा लाग्न उनले सुझाव दिए । पिएमसीका संयोजक विश्वास ढकालले फुटसलमा युवाहरुको आर्कषण पछिल्लो समयमा बढ्दै गएको बताए । फुटसल प्रतिको नकारात्मक धारणा परिवर्तन भईरहेको भन्दै यसको विकासमा युवालाई लाग्न सुझाव दिए । नवनिर्वाचित अध्यक्ष पुनले संस्थागत विकासमा आफु लाग्ने बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology