१० औं दानापुर ताल महोत्सव हुने

बुटवल, पुस २२ । रुपन्देहीको कञ्चन गाउँपालिका–१ मा रहेको दानापुर तालमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन १० औं दानापुर ताल महोत्सव हुने भएको छ । समयमाई सामुदायिक वन उपभोक्ता समूहले आउदो माघ १३ देखि १९ गतेसम्म महोत्सव गर्न लागेको हो ।


महोत्सव तयारी तीब्र पारिएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । गजेडी ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यतकीय गन्त्व्यको रूपमा विकास भएको छ । कार्यक्रममा वनका अध्यक्ष मिन बहादुर थापाले वन वन्यजन्तु सिमसार तथा पर्यटकीय क्षेत्रको उत्थानको लागि महोत्सव आयोजना गरिएको बताए ।

विगतका केही वर्ष एक दिन सिमसार दिवसका दिन मात्र मनाइदै आएको महोत्सव गत वर्षदेखि महोत्सव रुपमा मनाउन थालिएको छ । तालमा २५ प्रजातिका चराहरु अवलोकन गर्न पाइन्छ ।
महोत्सवमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, डुङगा रेस प्रतियोगिता, कञ्चन डान्स आइडल, कृषि व्यापार मेला, विभिन्न प्रजातिका चराहरुको अवलोकन, लोक पप गायनको प्रस्तुति र फिसिङ कार्यक्रम राखिएको अध्यक्ष रानाले बताए । तलको विकास लागि प्रदेश सरकारले २ करोड रुपैयाँ छुटटाएको छ ।

महोत्सवमा ५० हजार दर्शक र २५ लाख रूपैयाँको कारोवार हुने आयोजकको लक्ष्य लिएको छ । ताल अहिले स्थानीय तह मातहत गएको छैन । वन मातहत छ ।
कञ्चन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरि नारायण थारुले गाउँपालिकाले तालको गुरुयोजना बनाउन थालेको बताए । गत वर्ष २ लाख ५० हजार रुपैयाँ समेत विजियोजन गरेको उनले जानकारी दिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology