५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिताको उपाधि नविन घिमिरे लाई

बुटवल, २७ पुस । चौथो बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिताको उपाधि छात्र तर्फ कोरियन नेपाल ईनिष्टिच्युट अफ टेक्लोलोजि (केएनआईटी) का नविन घिमिरेले हात पारेका छन् । निर्धारित दुरी घिमिरेले १६ मिनेटर १० सेकण्ड ३० मिलि सेकेण्डमा पार गरे । त्यस्तै केएनआईटीकै किशन सुनार द्धितिय भए ।

उनले निर्धारित दुरी १६ मिनेट, २८ सेकेण्ड ३५ मिली सकेण्डमा पार गरे । तृतिय नहरपुर माविका आशिस श्रेष्ठ भए । १७ मिनेट ८ सकेण्डमा उनले दुरी पार गरेका थिए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगरकमिटिको आयोजना भएको दौड प्रतियोगिता बुटवल योगिकुटीबाट सुरु भई पाल्पा रोड हुँदै टफिकचोकमा आएर समापन भएको थियो । त्यस्तै छात्रा तर्फ नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयकी ललिता पाण्डेले उपाधि हात पारेकी छिन् । उनले २१ मिनेट १२ सकेण्डमा दुरी पार गरिन । त्यस्तै कालिका मानवज्ञानकी मिना ज्ञवाली द्धितिय भईन । उनले २३ मिनेटमा दुरी पार गरिने भनिन् नहरपुर माविका खिमा सेरचन भईन । उनले २३ मिनेट ७ सेकेण्डमा पार गरिन् । विजयी विद्यार्थीहरुले क्रमस प्रथम छात्र, छात्राले १०÷१० हजार, द्धितिय छात्र, छात्रले ६÷६ हजार तथा तृतिय छात्र, छात्राले ४÷४ हजार पुरस्कार प्राप्त गरे ।


विजयी खेलाडिहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, एकेडेमीका अध्यक्ष विकासजंग बस्नेत, मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्दीय उपाध्यक्ष धुब्र आचार्य, एक्सपट एजुकेशनलका बुटवल प्रतिनिधी रोशन कंडेलले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख शिवराज सुवेदीले विद्यालय तह बाट खेलाडि उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले विभिन्न योजनाहरु समेत ल्याएको बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology